सभामुख पनि नियमित भेटघाटमा सामेल
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि भेटघाटमा व्यस्त हुन थाल्नुभएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा हिजो उहाँले काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहसँग कुराकानी गर्नुभएको थियो ।
दिउँसो १ बजेबाट झण्डै एक घण्टा भएको कुराकानीमा उहाँहरुबीच चिनियाँ संसद जनकँग्रेस स्थायी समितिका अध्यक्षको आसन्न भ्रमण र सो क्रममा गरिने जनस्तरको स्वागत कार्यक्रमबारे छलफल भएको बताइन्छ ।
हिजै सभामुख सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले भेट गर्नुभएको छ । उहाँहरुबीच दिउँसो २ बजेदेखि कुराकानी भएको थियो ।
टिप्पणीहरू