अमेरिकी कूटनीतिज्ञ दलाई लामाको सम्पर्क कार्यालयमा

अमेरिकी कूटनीतिज्ञ दलाई लामाको सम्पर्क कार्यालयमा

नेपालस्थित अमेरिकी राजदूतावासका एक जना कूटनीतिज्ञले दलाई लामाका नेपाल प्रतिनिधिसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी कार्यवाहक डेपुटी चिफ अफ मिसन) मार्क टेम्प्लर दलाई लामाका नेपाल प्रतिनिधि प्रमुख सुल्ठिम ग्यात्सोलाई भेट्न गएका हुन् ।

टेम्प्लर हिजो दिउँसो साढे १ बजे लाजिम्पाटस्थित दलाई लामाको सम्पर्क कार्यालयमा पुगेको र उनीहरुबीच दिउँसो ३ बजेसम्म भेटघाट भएको दलाई लामाको सम्पर्क कार्यालय “गादेन खाङ्सार” स्रोतले बताएको छ ।

लामो समय भारत र नेपालस्थित कूटनीतिक मिसनमा सेवा गरेका मार्क नेपाली,हिन्दी,उर्दू,फारसीर इटालियन भाषा मज्जैसङ्ग बोल्ने गर्दछन् ।

टिप्पणीहरू