सुनसरीमा माधव नेपालको पार्टीबाट तोकिए उम्मेदवार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई संघीय निर्वाचनका लागि सुनसरीको क्षेत्र नम्बर १ मा सिफारिस गरिएको छ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि राईको नाम सिफारिस गरेको हो ।
उनको स्थायी घर भोजपुर हो । उनी २०७४ को निर्वाचनमा भोजपुरबाट प्रदेश सभा सदस्य विजयी भएका हुन् । हिजो बसेको एकीकृत समाजवादी सुनसरी जिल्ला कमिटी बैठकले लक्ष्मण चौधरी, पद्मा सुब्बा र जीवन राईको नाम पनि प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ ।
प्रदेशतर्फ सुनसरीको क्षेत्र नम्बर १ मा ‘क’ तर्फ सुष्मा राई,तारा लामगादे र एकराज सुब्बा, ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ । इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि धर्म निरौला,केपी सापकोटा र सरिता कार्की लामा सिफारिसमा परेका छन् ।
दुहबी केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा मोहम्मद जैनुल हक मियाँ,कमला दुलाल र जुगुतनारायण चौधरी छनौटमा परेका छन् । क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट,गौरी परियार र नयनतारा सिटौला छन् भने ‘ख’ मा रामचन्द्र मटियैत,दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम पठाइएको छ । सो क्षेत्रमा प्रदेश सभा सदस्यमध्ये ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल, ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सबनम आरीलाई सिफारिस गरिएको बताइएको छ ।
टिप्पणीहरू