आज पनि पानी पर्ने, सतर्कता अपनाउन आग्रह

आज पनि पानी पर्ने, सतर्कता अपनाउन आग्रह

आज मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चार वटा प्रदेशमा तुलनात्मक रुपमा धेरै वर्षा हुने सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताइन्छ ।

वर्षाका कारण भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेकाले नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

टिप्पणीहरू