दुबईमा जागिरको आश देखाई रकम कुम्ल्याएर टाप

दुबईमा जागिरको आश देखाई रकम कुम्ल्याएर टाप

दुबईमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । नवलपरासीको प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भइ हाल गोंगबु बस्ने ५४ वर्षीय भोजबहादुर चौधरी ठगी आरोपमा समातिएका हुन् ।

चौधरीले पीडित नरबहादुर थनेतलगायत अन्य व्यक्तिहरुलाई दुबइमा सेक्युरेटी गार्डमा जागिर लगाइदिने आश देखाएर ३८ लाख रुपैयाँ लिएका थिए । मासिक एक लाख तलबको जागिरमा पठाइदिने विश्वास दिलाएर रकम हात पारेपछि उनी बेपत्ता भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले जनाएको छ ।

चौधरीलाई प्रहरीले अस्ति सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएकाे छ ।

टिप्पणीहरू