आज संक्रमितभन्दा निको हुने दोब्बर
पछिल्लो २४ घण्टामा मुलुकभर दुई सय दुई जना कोरोेना संक्रमित थपिएका छन् । तीन हजार आठ सय ३३ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा चार सय ६२ जना संक्रमित निको भएका छन् । आज एक जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ ।
हाल मुलुकभर तीन हजार तीन सय १३ जना कोरोनाका सक्रिय संक्रमित छन् । आज काठमाडौंमा ८०, भक्तपुरमा दुई र ललितपुरमा २० जना संक्रमित थपिएका छन् ।
टिप्पणीहरू