अष्ट्रेलियामा सन्दीपको भाउ लागेन

अष्ट्रेलियामा सन्दीपको भाउ लागेन

नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । पछिल्लो चार संस्करण लगालग खेलेका सन्दीपलाई यसपटक कुनै पनि टिमले नलिएको हो ।

आज भएको बोलकबोलमा सन्दीपलाई कुनै पनि टिमले किनेनन् । बीबीएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् ।

यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । उनी पनि विक्री भएनन् ।

बीबीएलको पछिल्लो चार संस्करणमध्ये सन्दीपले पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका थिए । त्यसपछि उनलाई होबर्ट हुरिकेन्सले लिएको थियो ।

टिप्पणीहरू