बुर्कामा सजिने पाकिस्तानी महिला फुटबल खेल्न नेपालतिर

बुर्कामा सजिने पाकिस्तानी महिला फुटबल खेल्न नेपालतिर

सामान्यतया मुस्लिम देशहरु र त्यसमा पनि महिला-ठुल्ठूला मैदानमा हुने खेलमा सामेल हुन्नन्,महिला त बाहिर हिंड्दा बुर्का लगाएर मुख छोप्छन् भन्ने आम मान्यता छ । तर पुरातन यी मान्यता तोड्दौ पाकिस्तानको महिला फुटबल टोली आज नेपाल प्रस्थान गरेको छ । साफ महिला फुटबल प्रतियोगितामा भाग लिन टोली आज पाकिस्तानको लाहौरबाट उडेको जनाइएको छ ।

भदौ २१ गतेदेखि काठमाडौंमा शुरु हुने उक्त प्रतियोगितामा भोलिपल्ट पाकिस्तानी टोलीले भारतीय टिमको सामना गर्दैछ । त्यसपछि बंगलादेशसँग सेप्टेम्बर १० र माल्दिभ्ससँग सेम्टेम्बर १३ मा प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतियोगिताको पहिलो खेल नेपाल र भुटानका महिला फुटबल टोलीबीच हुँदैछ । पाकिस्तानले आफ्नो टोलीको प्रशिक्षकमा अदिल रिज्कीलाई तोकेको छ । टोलीमा बेलायतमा हुर्केकी पाकिस्तानी खेलाडी नादिया खान पनि छिन् । उनी बेलायतको लिड्सबाट सोझै काठमाडौं आउने कार्यक्रम छ ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत,पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन् । त्यसैगरी समूह ‘बी’ मा भुटान, नेपाल र श्रीलंका रहेका छन् ।

टिप्पणीहरू