दिल्लीतिर लागे ऊर्जा सचिव सुशील
भारतको राजधानी नयाँ दिल्लीमा दक्षिण एशियामा अन्तरदेशीय ऊर्जा व्यापार सम्मेलन शुरु भएको छ । हिजोबाट प्रारम्भ भएको उक्त सम्मेलन आज सकिने बताइएको छ ।
नेपालको तर्फबाट सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिन्चाइ सचिव सुशीलचन्द्र तिवारीले भाग लिएका छन् । कार्यक्रममा सहभागी हुन तिवारी हिजो साँझ ५ बजे भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५६ बाट त्यसतर्फ गएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू