राष्ट्रपतिविरुध्द मधेसमा प्रदर्शन

राष्ट्रपतिविरुध्द मधेसमा प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द प्रदर्शन भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरी फर्काइएको विरोधमा हिजो प्रदर्शन भएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपतिविरुध्द जनकपुरधामस्थित जनक चोकमा प्रदर्शन गरेको हो । तमलोपाले हिजो गरेको प्रदर्शनमा ‘विभेदी मानसिकताको खोल पोल’ भन्ने नारा लगाइएको थियो । सहभागीहरुले विभिन्न नारा लेखेका प्लेकार्डसमेत बोकेका थिए ।

नागरिकता विधेयक प्रतिनिधि सभाको बैठकबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई पुनः छलफलको निम्ति संसदीय समितिमा पठाइदिएको छ ।

टिप्पणीहरू