ग्लोबल आइएमईले तीजमा महिलाहरुलाई पैसा फिर्ता दिने

ग्लोबल आइएमईले तीजमा महिलाहरुलाई पैसा फिर्ता दिने

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा तीज ‘क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । महिला ग्राहकहरूलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको बैंकले जनाएकाे छ ।

क्यासब्याक योजनाअन्तर्गत आज र भाेलि ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अर्थात पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ । ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरूले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्युआरमार्फतको भुक्तानीमा क्यास ब्याक पाउनेछन् ।

मोबाइल बैंकिङ एप्लिकेशन,क्युआर पेमेन्ट प्रयोगलाई बढावा दिनका निम्ति उक्त योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

टिप्पणीहरू