पेन्टीमा राखेर सुन ल्याउन खोजे महिलाले
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी एक महिला सुनसहित पक्राउ परेकी छन् । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई भन्सार छलेर ल्याइएका सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हिमालय एअरमार्फत काठमाडौं आएकी ती महिलाको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको टनेल गेटमा खटिएको प्रहरीले शरीर तलासी गरेकाे थियाे । साेही क्रममा भित्री वस्त्रमा फल्स बटम बनाई ल्याएको पाँच सय ५० ग्राम सुन फेला परेकाे हाे ।
लामालाई नियन्त्रणमा लिएर कारबाहीको निम्ति त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू