अवहेलना मुद्दामा मेयर बालेनलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

अवहेलना मुद्दामा मेयर बालेनलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको छ । नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिमकालीन रोक लगाएपछि मेयर साह रुष्ट बनेका थिए ।

उनले संविधान संशोधन गरेर ’नक्सा पासको अधिकार अदालतलाई दिऔँ’ भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । सोही विषयलाई लिएर सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै मेयरविरुद्ध अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आज अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

टिप्पणीहरू