अस्ति मन्त्री दूतावासमा, हिजो भारतीय डिसीएम मन्त्रालयमा
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग हिजो भारतीय दूतावासकी डेपुटी चीफ अफ मिशनले भेटवार्ता गरेकी छन् । मन्त्रीसँग भेट गर्न डिसीएम नामग्या खम्पा र कन्सुलर प्रसन्न श्रीवास्तव मन्त्रालय पुगेका थिए ।
सिंहदरवारमा मन्त्री कार्की र भारतीय कूटनीतिज्ञहरुबीच दिउँसो १ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ ।
यसअघि अस्ति दिउँसो मन्त्री कार्की स्वयम् भारतीय दूतावास पुगेर राजदूत नवीन श्रीवास्तवसँग लञ्च मिटिङ गर्नुभएको थियो । आइतबार उहाँहरु एउटै उडानमा विराटनगर पनि जानुभयो ।
टिप्पणीहरू