रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन
काठमाडौंको रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय परिसरमा स्थापना भएको चार्जिङ स्टेसनको आज ऊर्जामन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो ।
प्राधिकरणले पहिलो चरणमा देशभर ५१ वटा चार्जिङ स्टेसन जडान कार्य अघि बढाएको जानकारी दिइएको छ । एउटा चार्जिङ स्टेसनको लागि ९० लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
उक्त स्टेसनमा विद्युतीय सवारी साधन चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँको हाराहारीमा खर्च लाग्ने छ । रातको समयमा चार्ज गर्दा प्रति युनिट त्योभन्दा कम मूल्य पर्ने प्राधिकरणको दाबी छ ।
टिप्पणीहरू