आज १२ कक्षाको रिजल्ट आउँदै

आज १२ कक्षाको रिजल्ट आउँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नआए साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे बाेर्ड सदस्य दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।

नतिजा सार्वजनिक गर्नका निम्ति बोर्डले अहिले साढे तीन बजे बोर्ड बैठक बोलाइएको छ ।

गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट थाहा पाउन सकिनेछ ।

टिप्पणीहरू