कोरोनाका संक्रमित र निको हुनेको संख्या उस्तै
पछिल्लो २४ घण्टामा देशभर २५७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
एक हजार ४५८ जनाको पीसीआर परीक्षणमा १४३ र दुइ हजार ४६३ जनाको एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या तीन हजार १४६ पुगेको छ ।
आज कोरोना संक्रमणबाट २३२ जना निको भएका छन् ।
टिप्पणीहरू