‘मल खान’ खोज्ने सहकारी सञ्चालक कालोबजारीमा मुछिए
कालोबजारी गर्नको लागि स्टोर गरी राखेको मलसहित सहकारी सञ्चालक समातिएका छन् । कलैया उपमहानगरपालिका–२३ कोइरिया टोल बस्ने कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई मल कालोबजारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको निम्ति नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री वितरण गर्दै आएको थियोे ।
प्रहरीले डिएपी मल ११८ बोरा र खुल्ला २७ किलोग्राम,युरिया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम,पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा मल बरामद गरेको छ ।
अरुणविरुध्द कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू