प्रधानन्यायाधीश बन्ने दिपकजीको रहर होला नि : चोलेन्द्रसमशेर राणा
महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको महाभियोगबारे जवाफ दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कुनै पनि काम कानुनभन्दा बाहिर गएर नगरेको दाबी गर्दै भनेका छन् ‘ममाथि लागेको अभियोगका विषयमा कुनै दिन लेखौँला बोलौँला, तर मैले कानुन र संविधानभन्दा बाहिर गएर कुनै काम गरेको छैन ।’ राणाले महाभियोगको प्रक्रिया नै नमिलेको भन्दै नियमावलीअनुसार यो प्रस्ताव नआएको दावी गरेका छन् ।
राणाले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि मात्रै न्यायालयमा गुटबन्दी भएको आरोप लगाए । उनले दीपक कार्कीजीलाई पनि प्रधानन्यायाधीश बन्ने इच्छा होला नि भन्दै व्यंग्य हानेका छन् ।
टिप्पणीहरू