अब पतञ्जलीबाट पनि आइएमइ गर्न मिल्ने

पतञ्जली आयुर्वेद र आइएमइ रेमिटेन्सबीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हरितालिका तीजको अवसरमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा हिजो उक्त हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले भारतमा रहेका पतञ्जली समूहका१० हजार आउटलेटबाट सहज तरिकाले नेपालमा रकम पठाउन, पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषि कुमार र आइएमइ इण्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यी दुइबीचको समझदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपालीलाई उनीहरूको परिवारका सदस्य वा नातेदारलाई भारतबाट रकम पठाउन लागि सहज हुने पतञ्जली आयुर्वेद र आइएमइ इण्डियाले विश्वास लिएको छ ।

त्यस्तो रकम नेपालभर विस्तारित सञ्जाल भएको आइएमइ पे वा आइएमइ एजेन्टहरूबाट प्राप्त गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू