टेकुमा पनि उस्तै भीड
आज ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ ।
सोही क्रममा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा पनि भीड लागेको छ । मुलुकका विभिन्न मन्दिर तथा शिवालयमा पनि ब्रतालु महिलाहरूको भीड देखिन्छ । आज हिन्दु महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर यो पर्व मनाउँछन् ।
उनीहरुले बिहान नदी, तलाउ, पोखरीमा स्नान गरी तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । आजको दिन कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धती ऋषिको पूजा गरिन्छ । ऋषि पञ्चमीसँगै आजदेखि हरितालिका तीज पनि समाप्त हुँदैछ ।
टिप्पणीहरू