काँग्रेस महामन्त्री र गृहमन्त्रीको निर्वाचन क्षेत्र सिफारिस

काँग्रेस महामन्त्री र गृहमन्त्रीको निर्वाचन क्षेत्र सिफारिस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सरकारका गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभाको निर्वाचनको लागि सिफारिस हुनु भएको छ ।

महामन्त्री शर्मालाई क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आजको बैठकले सर्वसम्मत रूपमा झापा क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो । गृहमन्त्री खाँण रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ छनौट हुनुभएको छ ।

गृहमन्त्री खाँण २०७४ सालको निर्वाचनमा समानुपातिक सदस्य हुनु भएको थियो । महामन्त्री शर्मा भने माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित हुनु भएको थियो ।

टिप्पणीहरू