तारजालीको रकम हिनामिना गर्ने छ जनाविरुद्ध मुद्दा

तारजालीको रकम हिनामिना गर्ने छ जनाविरुद्ध मुद्दा

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भष्टाचारको मुद्दा दायर गरेको बताइएको छ ।

मुद्दा हालिएकामा श्रेष्ठसहित सबइञ्जिनियर दानबहादुर बुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डबले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाई हुन् ।

उनीहरुले दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरेर सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ । त्यसबाट उनीहरुले १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू