सेक्युरिटी गार्डलाई कुटेर एक दर्जन दुर्व्यसनी फरार

सेक्युरिटी गार्डलाई कुटेर एक दर्जन दुर्व्यसनी फरार

मोरङको एक सुधार गृहबाट एक दर्जन बढी दुर्व्यसनी भागेका छन् । उर्लाबारी नगरपालिका–७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ बाट हिजो उनीहरु फरार भएका हुन् ।

सुधार गृहमा उपचाररत रहेको अवस्थामा फरार हुनेहरुमा झापा, मोरङ र सुनसरीका दुर्व्यसनी छन् । तीमध्ये चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी खाना खाने समयमा सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरू फरार भएको सेवा गृहले जनाएको छ । गृहका अनुसार १३ जना मिलेर एक जना गार्डलाई नियन्त्रणमा लिएपछि हातपात गरेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपककुमार श्रेष्ठले सुधार गृहबाट भागेका उनीहरूको खोजतलास भइरहेको बताए । सुधार गृहमा ३२ जनाभन्दा बढी कुलतमा फसेका व्यक्ति उपचाररत रहेको बताइन्छ ।

टिप्पणीहरू