निलम्बित प्रधानन्यायाधीश राणाले आगामी शनिबार एकमुष्ठ जवाफ दिने

निलम्बित प्रधानन्यायाधीश राणाले आगामी शनिबार एकमुष्ठ जवाफ दिने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आजको जवाफ लिने क्रम सकाएको छ ।

यसअघि बुधबार र बिहीबार सिंहदरवारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा राणासँग समितिले जवाफ लिएको थियो ।

आज तेस्रो दिन पाँच वटा प्रश्न सोधिएको थियो । उहाँले एक घण्टामा ती सबै प्रश्नको उत्तर दिनुभएको हो । समितिको आगामी बैठक भदौ २५ गते बोलाइएको छ । आगामी बैठकमा राणाले सबै प्रश्नको एकमुष्ठ जवाफ दिनुहुने बताइएको छ ।

टिप्पणीहरू