दर्ता तथा नवीकरणमा भरतपुरको ताकेता

दर्ता तथा नवीकरणमा भरतपुरको ताकेता

भरतपुर महानगरपालिका वडा कार्यालय २३ ले सम्पूर्ण व्यापार व्यवसायलाई अनिवार्य दर्ता र नवीकरणको निम्ति निर्देशन दिएको छ ।

वडाभित्र सञ्चालनमा रहेका व्यापार व्यवसायलाई दर्ता र नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको बताइएको छ ।

वडा कार्यालयले ३५ दिनभित्र दर्ता नभएका व्यवसायलाई दर्ता गर्न र नवीकरण नभएकालाई नवीकरण गर्न भनेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘भरतपुर महानगरपालिका वडा नम्बर २३ भित्र सञ्चालनमा रहेका तर हालसम्म पनि भरतपुर महानगरपालिका वा वडा कार्यालयमा दर्ता नभएका र दर्ता भई नवीकरण नभएका विभिन्न किसिमका व्यवसायलाई मिति २०७९–५–१५ गतेदेखि लागू हुनेगरी ३५ दिनभित्र यस वडा कार्यालयमा सम्पर्क गर्न यो सूचना जारी गरिएको छ ।’

साथै, उक्त अवधिभित्र दर्ता तथा नवीकरण गर्न अटेर गर्ने व्यवसायलाई नियमानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू