मेयर बालेन साह डोजर छाडेर क्यासिनोतिर
काठमाडौँ महानगरपालिकाले सात दिनभित्र आफ्नो क्षेत्रभित्रका सबै क्यासिनोलाई मनोरञ्जन कर चुक्ता गर्न आदेश दिएको छ । महानगरले आज जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको छ ।
बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेको र महानगरले सोहीबमोजिम क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको बताइन्छ । तर, क्यासिनोहरूले आर्थिक वर्ष २०७५/७६ देखि मनोरञ्जन कर नतिरेपछि बाध्य भएर उक्त सूचना जारी गरिएको महानगरको दाबी छ ।
महानगरका अनुसार डेल्टिन क्यासिनो होटल म्यारियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याड र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, हायात होटल, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटेल एलफ्ट र बेली क्यासिनो मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।
तीन वर्षदेखि नतिरेको करको जरिवानासहित सात दिनभित्र नतिरे महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ ।
टिप्पणीहरू