रित्तो चेक भिडाउने रंजिता जेल चलान

रित्तो चेक भिडाउने रंजिता जेल चलान

खातामा पर्याप्त रकम नभएको जानीजानी खाली चेक भिडाएर भागेकी एक महिला दुई महिनापछि समातिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले सप्तरी कृष्णा सरवन गाउँपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको हो ।

उनले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएकी थिइन् । चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले उनीविरुद्द २०७९ असार २४ गते ६ दिन कैद र १७ लाख ७७ हजार १ सय ८० रूपैयाँ जरिवानाकाे फैसला सुनाएको थियो ।

फैसलालगत्तै फरार भएकी रंजितालाई हिजो मैत्रीनगर कीर्तिपुरबाट नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा पठाइएको छ ।

टिप्पणीहरू