भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सो अवसरमा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव शंकरदास वैरागी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायत उपस्थित हुनुहुन्थ्यो ।

नेपाल र भारतले देशले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने परम्परा रहिआएको छ ।

टिप्पणीहरू