सामुदायिक विद्यालयमा प्याड पुर्याइयो, महिला शिक्षकले बाँड्नुपर्ने

सामुदायिक विद्यालयमा प्याड पुर्याइयो, महिला शिक्षकले बाँड्नुपर्ने

सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयलाई स्यानिटरी प्याड वितरण गरेको छ ।

नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट स्यानिटरी प्याड हस्तान्तरण गरेको हो ।महिनावारी भएको बेलामा छात्राहरुलाई सहज होस् भन्ने उद्देश्यले प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख महेश चौधरीले विद्यालयका प्रधानाध्यापकहरुलाई प्याड हस्तान्तरण गरेका हुन् । प्याड बाँड्न महिला शिक्षक तोक्नसमेत निर्देशन दिइएको छ ।

टिप्पणीहरू