नक्कली प्रहरी बनेर कुल्फी व्यापारी लुट्ने दुई जना पक्राउ
चितवनमा कुल्फी व्यापारी लुट्ने दुई जनालाई समातिएको छ । नेपाल प्रहरी भन्दै लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा परेका हुन् । उनीहरुलाई कालिका नगरपालिका ८, गैरिबारीचोकबाट पक्राउ गरिएको बताइएको छ ।
स्थानीय सडकमा आईसक्रिम र कुल्फी बेच्ने भारतीय नागरिक ४७ वर्षीय वीरेन्द्र साहलाई ना. ३५ प ६५२० नम्बरको स्कुटरमा सवार विशाल पौडेल र विजय महतले प्रहरीको कार्ड देखाएर नगद लुटेका हुन् । उनीहरुले ती व्यापारीबाट ५४ सय रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
चोरी गरेर भागेलगत्तै टोलीले घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी पीडित भारतीय नागरिकसँग समन्वय गरी उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरी सहायक निरीक्षक विशाल पौडेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुबाट नेपाल प्रहरीको कार्ड बरामद गरिएको छ । चोरी तथा डाँका सम्बन्धी कसूरमा चितवन अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू