नवलपरासीमा फेरि एक करोडको अवैध सामान समातियो
सँधै अवैध सामान ओसारपसार हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हिजो साँझ एक करोड बढीको सामान जफत गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको बताएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले हिजो साँझ कावासोती–१६, चालिस किलो जंगलमा उक्त सामान बरामद गरेको हो । बुटवलबाट पूर्वतर्फ आउँदै गरेको ना.३ ख ५१६८ नम्बरको ट्रकबाट एक करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको बताइएको छ ।
ट्रकमा लुकाएर ल्याइएको अवस्थामा विभिन्न किसिमका कपडा, चिनी तथा युरिया मल बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद सामान, ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।
टिप्पणीहरू