बुर्किनाफासोमा शक्तिशाली बिस्फोट : ३५ जनाको हताहत

बुर्किनाफासोमा शक्तिशाली बिस्फोट : ३५ जनाको हताहत

बुर्किनाफासोको उत्तरी क्षेत्रमा खाद्यान्न बोकेको एउटा गाडीमा बिस्फोटक पदार्थ प्रहार भएको छ । उक्त प्रहारबाट कम्तीमा पनि ३५ सर्वसाधारणको मृत्यु भएको छ ।

उक्त आक्रमणमा ३७ जना घाइते भएको बताइएको छ । बौर्जांगादेखि जिबोकोबीच सडकमा सशस्त्र समूहले शक्तिशाली बिस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको अनुमान गरिएको छ ।

सामान लोड गरिएका गाडीहरू उत्तरबाट बुर्किनाफासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेका थिए । गाडीमा सर्वसाधारण र व्यापारी रहेको बताइएको छ ।

यसअघि पनि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका बिस्फोटका घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू