भान्छेमा नियुक्त गाउँपालिका अध्यक्षकी श्रीमतीको राजीनामा

भान्छेमा नियुक्त गाउँपालिका अध्यक्षकी श्रीमतीको राजीनामा

अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्त जयसरा साउँदले राजीनामा दिएकी छन् । गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेका थिए ।

श्रीमतीलाई भान्छेमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् । साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको गाउँपालिकाका प्रशासकीय प्रमुख रामबहादुर भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साउँदले पारिश्रमिकका रूपमा पाएको ३१ हजार ६३० रूपैयाँ समेत फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष मानबहादुर गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू