साइकल चोर डेढ वर्षपछि फेला
सप्तरीबाट चोरी मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय नन्दीकुमार साहलाई चोरी मुद्दामा पक्रेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार पुनितकुमार खंगको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । उनीविरूद्ध मोबाइल र साइकल चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७७ माघ १९ गते दुई महिना १० दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उक्त फैसलालगत्तै फरार भएका साह अस्ति पक्राउ गरी पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू