आइचर गाडीमा हालेर भन्सार छलीका कपडा भक्तपुर पुर्याइयो
भक्तपुरबाट भन्सार छलेर ल्याइएका कपडा र आइचर गाडीसहित एक जना समातिएका छन् । सर्लाहीको हरिवन नगरपालिका–११ का २५ वर्षीय किरण विश्वकर्मालाई गएराति सूयविनायक नगरपलिका–८, जगाती चेकप्वाइन्टबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार धनुषाको ढल्केबरबाट बर्दिबास–सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुरतर्फ आउँदै गरेको प्रदेश नं. २–०३–००१ ख १९९७ नं. को आइचर गाडी जगातीमा चेकजाँच गर्ने क्रममा गाडीको पछाडी लुकाई राखेको जुट र प्लाष्टिकको १६ बोराभित्र भन्सार छलिएका कपडा फेला परेको हो ।
विश्वकर्माको साथबाट घाँघर १७ सय १० थान, साडी दुई ३१ थान, ब्रा चार हजार छ सय ९२ थान, वानपिस कपडा २० थान र लेडीज कुर्र्ता सुरुवाल चार सय ८० थान बरामद गरिएको छ । आइचार चालकसमेत रहेका उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका निम्ति राजश्व अनुसन्धान कार्यालय हरिहरभवन पठाएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू