बारमा आगलागी, १२ जनाको जलेर मृत्यु

बारमा आगलागी, १२ जनाको जलेर मृत्यु

भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । मुलुकको दक्षिणी भेमा पर्ने सो बारमा लागेको आगलागीमा ११ जना घाइते भएका छन्

गए रातिको उक्त आगलागी भवनको दोस्रो र तेस्रो तल्लामा लागेको थियो । आगलागीबाट निस्केको धुवाँका कारण बारमा रहेका ग्राहक र कर्मचारी ओर्लन नसकेर सिँढीमा फसेका थिए ।

आगलागीबाट बच्न भवनको कौसीमा बारका ग्राहकको भीड बढेको थियो । त्यसपछि मानिसको भागाभाग भएको बताइएको छ । केहीले भवनको झ्यालबाट हामफालेर ज्यान जोगाएको बताइन्छ ।

आगलागीबाट निस्केको धुवाँको मुस्लोले वरपरको वातावरणसमेत प्रभावित भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू