नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन
नागरिकता विधेयक खारेजीलगायत माग राख्दै अभियन्ता, अधिवक्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् ।
हातमा विभिन्न माग लेखिएको कालो ब्यानरसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रघाती ‘नागरिकता विधेयक खारेज गर’, ‘आमनेपाली नागरिकहरु संघर्षमा सहभागी बनौं’, ‘नागरिकता विधेयक चाहिँदैन देशघात गर्न पाईंदैन’, ’युवा सडकमा कहिले आउछौं’, ‘नेपाली नागरिकलाइ अनागरिक नबनाउ विदेशीलाई नागरिक नबनाउ’, ‘नागरिकता विधेयक खारेज गर’, ‘नागरिकता बेच्न पाईंदैन’, ‘नागरिकता छानबिन आयोग गठन गर’, ‘अंगिकृत नागरिकलाइ राष्ट्रपति बनाउने षड्यन्त्र बन्द गर’ लगायत नारा लगाएका थिए ।
विरोध कार्यक्रममा अधिवक्ता सुरेन्द्र भण्डारी, सशस्त्र प्रहरी बल नेपालका पूर्व एआईजी रविराज थापा, अभियन्ता कुमार कोइरालालगायतको सहभागिता थियो ।
टिप्पणीहरू