भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किनुभएको छ ।
नेपाली सेनाको निमन्त्रणामा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार काठमाडौँ आइपुग्नुभएका उहाँ भिस्ता एअरको युके-१५६ जहाज चढेर केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको हो । स्वदेश फिर्ताका लागि सेनाध्यक्ष पाण्डेसहितको टोली चक्रपथको बाटो हुँदै अपराह्न चार बजे विमानस्थल पुगेको थियो ।
पाँच दिने भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो भने प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय हित र सहयोगका विषयमा छलफल गर्नुभएको थियो । नेपालमा रहँदा उहाँले पर्यटकीय क्षेत्रको भ्रमण पनि गर्नुभयो ।
भ्रमण दलमा श्रीमती अर्चना पाण्डे,उत्तर भारत हेर्ने हेडक्वार्टरका प्रमुख मेजर जनरल अनिल चण्डेल,ब्रिगेडियर मुकेश शर्मा, अन्तर्राष्ट्रिय विभाग हेर्ने कर्णेल मन्दिप सिंहलगायत सहभागी थिए । उक्त टिमलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलकाे भिआईपी कक्षमा बिदाई गर्नुभएको हो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/09/PR-भारतीय-स्थल-सेनाध्यक्ष-जनरल-मनोज-पांडेको-औपचारिक-भ्रमण-सम्पन्_न.pdf” title=”PR- भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेको औपचारिक भ्रमण सम्पन्_न”]
टिप्पणीहरू