स्वयम्भूको तिब्बती शरणार्थी शिविरमा अमेरिकी प्रतिनिधिहरु

स्वयम्भूको तिब्बती शरणार्थी शिविरमा अमेरिकी प्रतिनिधिहरु

राजधानीको स्वयम्भू नजिकैको किमडोलस्थित तिब्बती शरणार्थी शिविरमा अमेरिकी प्रतिनिधिहरु पुगेका छन् । उनीहरु हिजो किमडोलमा रहेको तिब्बती शरणार्थी वृद्धाश्रममा पुगेका हुन्

त्यस अवसरमा तिब्बती शरणार्थी मामिला सम्बन्धी मानवअधिकारकर्मी शम्भु लामा, अमेरिकी प्रतिनिधिहरुलगायत झण्डै एक दर्जनको उपस्थिति थियो । उनीहरुले शरणार्थी वृद्ध वृद्धाहरुको अवस्था र समस्याको बारेमा जानकारी लिएको बताइएको छ ।

अमेरिकीहरु दिउँसो साढे १ बजेदेखि झण्डै ५ बजेसम्म त्यहाँ रहेका हुन् । उनीहरुले तिब्बतीहरुसँग छलफल र वृद्धाश्रमको अवलोकन गरेको बताइन्छ ।

टिप्पणीहरू