एमाले नेता सुमनराज प्याकुरेलमाथि जबर्जस्ती अबिर दलेको आरोप

एमाले नेता सुमनराज प्याकुरेलमाथि जबर्जस्ती अबिर दलेको आरोप

नेकपा एकीकृत समाजवादीका एक जना जिल्लास्तरीय नेताले एमाले पोलिटब्युरो सदस्यमाथि जबर्जस्ती अबिर दलेको आरोप लगाएका छन् । एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले एमाले नेता सुमनराज प्याकुरेलमाथि उक्त आरोप लगाएका हुन् ।

देवले भनेका छन्, ‘पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको सत्य हो । त्यहाँबाट फर्कने क्रममा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले जबर्जस्ती टीका लगाएर अनर्गल प्रचार गरे ।’

देवले प्याकुरेलले योजनाबद्ध ढंगले पार्टी कार्यालयमा बोलाएर हिँड्ने बेलामा आफूमाथि अबिर दलिएको बताए । त्यसपछि खिचिएको फोटो हालेर सामाजिक सञ्जालमा पार्टी प्रवेश गराएको भ्रम छरेको उनको दाबी छ । देवले प्याकुरेलले गरेको उक्त कार्यको हिजो प्रकाशित विज्ञप्तिमा खण्डन र भत्र्सना गरेका छन् ।

टिप्पणीहरू