सहकारी विभागले भन्यो,‘अध्यक्षलाई देखाएर सञ्चालक सदस्य उम्किन पाउँदैनन्’

सहकारी विभागले भन्यो,‘अध्यक्षलाई देखाएर सञ्चालक सदस्य उम्किन पाउँदैनन्’

सहकारी संस्था समस्यामा पर्दा अरुलाई देखाएर आफू पदीय हैसियतबाट पन्छिन खोज्ने सञ्चालक समितिका सदस्यलाई सचेत गराइएको छ ।

सहकारी विभागले सञ्चालक सदस्यको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने भएकाले अध्यक्षलाई जिम्मा लगाएर आफू पन्छिन नपाउने भन्दै सचेत गराएको हो ।

प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष, व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै विभागले हिजो सबै सहकारी संघसंस्थाको नाममा निर्देशन जारी गरेको छ ।

सहकारी सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्यसमेतको सामूहिक जिम्मेवारी रहने संस्था रहेको उल्लेख गर्दै अध्यक्ष र व्यवस्थापकलाई जिम्मेवारी पन्छाएर उम्किन खोज्नु गलत भएको विभागको ठहर छ ।

विभागले भनेको छ,‘प्रत्येक सञ्चालक सदस्यले हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबध्दताका साथ कार्यसम्पादन गर्नु गराउनुहुन विभागको मिति २०७९–५–२६ को निर्णयानुसार अनुरोध गरिन्छ ।’

पछिल्लो समय ठूलो सहकारी संस्थामा समेत समस्या देखिएको छ । योसंगै सञ्चालक समितिका सदस्यहरु जिम्मेवारीबाट अलग गराइपाऊँ भन्दै विभाग आउने क्रम बढेको जनाइएको छ ।

टिप्पणीहरू