राष्ट्रियसभा अध्यक्ष र चिनियाँ सभामुखबीच भेटवार्ता
नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ । उहाँहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भेटवार्ता भएको हो ।
आज दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहनुहुने लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने बताइएको छ । उहाँको आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता हुने कार्यक्रम छ ।
टिप्पणीहरू