दशैँअघि उत्तरका नाका खोल्न चिनियाँ नेता प्रतिवद्ध

दशैँअघि उत्तरका नाका खोल्न चिनियाँ नेता प्रतिवद्ध

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दशैँअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

हिजो नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा दुवै नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दशैँअघि नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो ।

कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि रसुवागढी र तातोपानी नाका बन्द गरेको छ । नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

टिप्पणीहरू