माइतीघर छिर्न नपाएका मीटरब्याज पीडितहरु सुमोपार्क अगाडि थचक्कै
राजधानीको बल्खुनजिक रहेको टाटासुमो पार्कअगाडि मीटरब्याज पीडितहरुको धर्ना शुरु भएको छ । पीडितहरुले केही बेरअघिदेखि धर्ना शुरु गरेका हुन् ।
चिनियाँ भिआइपीको भ्रमणका कारण प्रहरीले माइतीघर मण्डला प्रवेशमा रोक लगाइएपछि उनीहरु धर्ना बस्न बल्खु पुगेका हुन् । चिनियाँ भिआइपीको सवारीमा असर पर्ने भन्दै प्रहरीले टोलीलाई माइतीघर प्रवेशमा रोक लगाएको थियो ।
नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाद्धारा गठित संयुक्त मीटरब्याजीविरुद्धको संघर्ष समितिको संयोजक रामसुरत गुप्ताको नेतृत्वमा भएको धर्नामा चार दर्जनको उपस्थिति रहेको छ । हलो, ब्यानर र झण्डा बोकेर उनीहरु ४२औं दिनको शान्तिपूर्ण धर्नामा उत्रिएका हुन् ।
पीडितहरुले ‘भुमिहीन बनाएका किसान मजदुरको जमिनज्यादा लिएको पैसा फिर्ता गर’, ‘उच्चस्तरीय व्यावसायिक उद्योग गठन गर’, ‘गाँसबास कपासको ग्यारेन्टी गर’,‘रोजगारीको ग्यारेन्टी गर’, सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर’, लगायतका प्लेकार्ड बोकेका छन् ।
टिप्पणीहरू