गाई गोठमा करेन्ट लाग्दा नारायणनाथको निधन
बुढानिलकण्ठ नगरपालिका- ३ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ईलाम घर भएका ४५ वर्षीय नारायण नाथ चापागाईको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बुढानिलकण्ठमा गाई पाल्दै आएका थिए । हिजाे साँझ गोठमा गाई दोएर बाल्टी राख्नेक्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा बेहोस भएका चापागाईको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिप्पणीहरू