सँधै उज्यालोमा भेट्ने भट्टराई हिजो रात परेपछि खुमलटार
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच हिजो राति पौने ८ बजे प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको बताइएको छ ।
झण्डै एक घण्टा कुराकानी गरेपछि डा. भट्टराई राति पौने ९ बजे त्यहाँबाट फर्कनुभएको थियो ।
यसअघि पनि नियमित भेटघाट गर्दै आउनुभएका दुई जना अध्यक्षबीच प्रायः बिहान र दिउँसोको समयमा कुराकानी हुने गर्थ्यो । डा. भट्टराईले अध्यक्ष प्रचण्डलाई खुमलटार र सिंहदरबारमा बिहान र दिउँसोको समयमा भेट्ने गरे पनि हिजो धेरै पछि रातको समयमा भेट्नुभएको हो । भेटघाट चुनाव र टिकटमै केन्द्रित थियो ।
टिप्पणीहरू