आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ ।
दिउँसो पनि देशका केही स्थानमा चट्याङसहित पानी पर्ने महाशाखाको अनुमान छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना गरेको छ । वर्षाका कारण पहाडी र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
टिप्पणीहरू