आंशिक रुपमा खुल्यो उत्तरका नाका
चीनको तिब्बसँग जोडिएको प्रमुख नाका तातोपानी हिजोदेखि आंशिक रूपमा खुलेको छ । हिजो तीन वटा मालवाहक कन्टेनर नेपाल भित्रिएको छ ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार खासाबाट हिजो दुईवटा कन्टेनर नेपाल भित्रिएको हो । ती कन्टेनरमध्ये एउटामा जलविद्युत् आयोजनाका उपकरण र अर्कोमा ऊन थियो ।
कोरोना महामारीका कारण चीनले साउन २५ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । त्यसपछि तिब्बतका विभिन्न भागमा लकडाउन गरिएपछि दशैंका सामान बोकेर आएका कन्टेनर चिनियाँ भू–भागमा रोकिएका थिए ।
यता व्यापारीले चाडपर्व लक्षित सामान तातोपानी र रसुवागढी नाकामा नआएपछि चिन्ता व्यक्त गरेका थिए । तर, अस्तिदेखि नाका आंशिक खुलेपछि अबको केही सातामा ती सबै सामान नेपाल भित्रिने जनाइएको छ ।
व्यापारी र सरकारी अधिकारीहरुले तातोपानी र रसुवागढी नाका पहिलेझैँ नियमित रुपमा खुल्ने व्यवस्थाको निम्ति चिनियाँ पक्षलाई अनुरोध गर्दै आएका छन् । आइतबारदेखि हिजोसम्म उक्त नाकाबाट दुई कन्टेनर सामान भित्रिएका हुन् ।
टिप्पणीहरू