रामचन्द्र पौडेललाई ‘भातमारा’ भन्ने को ?
नेपाली काँग्रेसका वरिष्ठ नेता,पूर्व सभामुख,उपप्रधानमन्त्री तथा पटक पटकका मन्त्री रामचन्द्र पौडेललाई एक जनाले ‘भातमारा’ को संज्ञा दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा काठमाडौं उपत्यकाका सार्वजनिक जग्गा र स्थलमाथि भएको अतिक्रमणबारे उल्लेख गर्नुभएको स्टाटसमा कमेण्ट गर्दै रमण ढकालले उक्त संज्ञा दिएका हुन् ।
पौडेलले ५० वर्षअघि काठमाडौं उपत्यकाको मध्य भागको दृश्य पोष्ट गर्दै लेखेका छन्, ‘५० वर्षभन्दा पुरानो यो फोटोमा देखिएजस्ता कैयौं सार्वजनिक ऐतिहासिक पोखरी,पाटी वा पौवा अतिक्रमणमा परेका छन् । ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’
पौडेलको त्यही फोटो र स्टाटसमा कमेन्ट गर्दै रमण ढकालले सोधेका छन्, ‘३२ वर्षसम्म सत्ताको तर मार्ने तिमीहरु अनि अतिक्रमणचाहिँ कसले गर्यो भातमाराहरु ?’
टिप्पणीहरू